ad ad

ग्लोबल


नवाज शरिफ : मनसेहरामा पराजित भए, लाहौरबाट जिते

नवाज शरिफ : मनसेहरामा पराजित भए, लाहौरबाट जिते

नेपालखबर
माघ २६, २०८० शुक्रबार १२:४०, काठमाडौँ

पाकिस्तानमा चौथो पटक प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफले एक ठाउँमा हार्दा अर्को ठाउँबाट जित निकालेका छन्। 

मनसेहरा सिटबाट इमरान खानको पीटीआई समर्थित उम्मेदवारसँग पराजित भएका नवाज लाहौरमा भने विजयी भएका छन्। 

समा न्यूजका अनुसार पाकिस्तान मुस्लिम लिगका नेता नवाज शरिफ मनसेहरा सिटमा इमरान समर्थित निर्दलीय उम्मेदवार शहजादा गस्तासापसँग हारेका हुन्।

शहजादा गस्तासापलाई ७४ हजार ७१३ मत मिलेको छ। पराजित नवाजले ६३ हजार ५४ मत पाएका छन्।

 

उता लाहौर सिटबाट भने नवाजले जित निकालेका छन्। उनीविरुद्ध लाहौरमा पाकिस्तान तेहरिके इन्साफ पार्टी समर्थक स्वतन्त्र उम्मेदवार यासमिन रशिद मैदानमा थिइन्। दुवैजनाबीच ५५ हजार ९८१ भोटको अन्तर भएको छ। 

मध्यरातिसम्म अग्रता बनाएकी उनी अन्तिम परिणाममा नवाजसँग पराजित हुन पुगिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .