ad ad

ग्लोबल


जेल तोडेर ४ हजार कैदी भागेपछि हाइटीमा संकटकाल

जेल तोडेर ४ हजार कैदी भागेपछि हाइटीमा संकटकाल

नेपालखबर
फागुन २१, २०८० सोमबार १३:४८,

राजधानीको एउटा जेलबाट ४ हजार कैदी भागेपछि हाइटीको सरकारले ७२ घण्टाका लागि संकटकाल घोषणा गरेको छ।

आइतबार सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्सको जेलमा आक्रमण गरेको थियो। जसमा १२ जनाको ज्यान गएको बताइएको छ।

सो गिरोहका नाइकेहरुले प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागेका छन्। 

हाइटीमा हिंसात्मक गिरोहहरुबीचको झडपमा २०२० यता हजारौँको ज्यान गइसकेको छ। 

यसै सप्ताहन्तमा दुई जेलमा आक्रमण भएको सरकारको भनाइ छ।

जेलबाट भागेकाहरुमा २०२१ मा राष्ट्रपति जुभिनेल मोइजको हत्याका आरोपितहरु पनि छन्। 

बिहीबार प्रधानमन्त्री हेनरी केन्या भ्रमण गएपछि पछिल्लो हिंसा सुरु भएको हो। उनले केन्याको नेतृत्वमा सैन्य समूह हाइटीमा खटाउने विषयमा छलफल गर्दैछन्।  एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .