ad ad

ग्लोबल


पूर्वउपराष्ट्रपति पेन्सले भने : यसपालि ट्रम्पलाई समर्थन गर्न सक्दिनँ

पूर्वउपराष्ट्रपति पेन्सले भने : यसपालि ट्रम्पलाई समर्थन गर्न सक्दिनँ

नेपालखबर
चैत ३, २०८० शनिबार १६:१०,

पूर्वउपराष्ट्रपति माइक पेन्सले यसपटक आफूले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न लागेको डोनाल्ड ट्रम्पलाई समर्थन गर्न नसक्ने बताएका छन्। उनी ट्रम्पकै पालामा उपराष्ट्रपति थिए।

‘डोनाल्ड ट्रम्प यस्तो एजेन्डालाई अघि बढाइरहेका छन्, जुन हामीले चार वर्ष शासन चलाउँदाको कन्जरभेटिव एजेन्डासँग मेल खाँदैन। त्यसो हुनाले म स्वविवेकले यसपटक ट्रम्पलाई समर्थन गर्न सक्दिनँ,’ पेन्सले भनेका छन्।

अक्टोबरमा पेन्सले आफू राष्ट्रपतिको उम्मेदवार बन्ने आकांक्षा त्यागेका थिए। त्यतिबेला उनले तत्काल कसैलाई समर्थन नगर्ने बताएका थिए।

ट्रम्पले भने पेन्सले आफूलाई समर्थन गर्नुपर्ने बताएका थिए।

‘मैले उनलाई रोजेँ, उपराष्ट्रपति बनाएँ, तर.. राजनीतिमा लागेका मान्छेहरु निमकहराम हुनसक्छन्,’ ट्रम्पले भनेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .