ग्लोबल


डुवर्सको वीरपाडामा कार दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

डुवर्सको वीरपाडामा कार दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

शैलेन्द्र समदर्शी
फागुन ९, २०७६ शुक्रबार १०:४९,

 पश्चिम बङ्गालको अलिपुरद्वार जिल्लाको वीरपाडामा कार दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते बनेका छन्।

बिहीबार राति भुटानसँग सीमा जोडिएको नेपाली भाषीहरुको बाहुल्यता रहेको  डुवर्सको  वीरपाडा तीव्र गतिमा रहेको कार सडक छेउ रोकिराखेको ट्रकमा ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरुमा असरफ अली, वरुण सरकार, मनोज शाह, मिथुन दास र सञ्जय विश्वास छन्। उनीहरू सबै वीरपाडा निवासी हुन्।

वीरपाडा प्रहरीका अनुसार बिहीबार अबेर राति फालाकाटा रोडस्थित डिमडी पुलनजिक सो दुर्घटना भएको हो।दुर्घटनका कारण कार कच्याककुचुक परेका कारण नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका शिव मण्डललाई उपचारका लागि सिलगढी पठाइएको छ।

कार अत्यधिक तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई ट्रकमा ठोक्किन पुगेको थियो। प्रहरीले घटनाका सम्बन्धमा आवयक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .