दोहाबाट डब्लिन जाँदै गरेको कतार एयरवेजको विमान आइतबार ‘टर्बुलेन्स’ (हवाई तुफान) मा पर्दा १२ यात्रु घाइते भए।
यसैबीच सो विमानका यात्रुले आफ्नो त्यो डरलाग्दो क्षणको अनुभव सुनाएका छन्।
उनीहरूका अनुसार टर्कीको आकाशमा पुगेपछि उक्त विमान ५ सेकेन्डजति हावा खुस्किएको जस्तो भएको थियो। जतिबेला जहाजभित्र खाना र ड्रिंक्स लिने क्रम जारी थियो।
उक्त जहाजमार्फत दोहाबाट आफ्नो घर आयरल्यान्डतर्फ जाँदै गरेका क्याथल नामका एक यात्रुले घटनाका बेला सिटबेल्ट साइन पनि अफ भएको बताए। उनले लिइरहेको खाना काखमा पोखियो।
उनी सुनाउँछन्, ‘खाना विमानभरि छरियो, सिलिङसम्म पुग्यो।’
मोक नामका अर्का यात्रु भन्छन्, ‘त्यति बेला म सिटबेल्टमै थिएँ, तर उनीहरू खाना सर्भ गर्दै थिए। त्यसैले धेरैजसो क्रु मेम्बर घाइते भए।’
विमान खसेको र फ्लाइट एटेन्डेन्ट भने हावामा उडिरहेका जस्तो लागेको अनुभव सुनाउँछन् अर्का यात्रु कोनर बुक्ली।
यस्तै त्यही विमानमा रहेकी इमा रोज पावर निदाइरहेकी थिइन्। झड्का लागेपछि उठ्दा सबै जना त्रसित देखिएको उनले सुनाइन्।
कतार एयरवेजको क्यूआर ०१७ उडानको उक्त विमान आइतबार टर्कीको आकाशमा टर्बुलेन्सको चपेटामा परेको हो।
Shares
प्रतिक्रिया