ad ad

ग्लोबल


रुसी युद्धपोत अमेरिकानजिकै पुगेपछि...

रुसी युद्धपोत अमेरिकानजिकै पुगेपछि...

यो रुसी युद्धपोत क्युबाको बन्दरगाहमा पुगेको छ, यहाँबाट अमेरिका धेरै टाढा छैन।


नेपालखबर
जेठ ३०, २०८१ बुधबार २१:३१, काठमाडौँ

रुसी नौसैनिक जहाजको एउटा फ्लिट क्युबा पुगेको छ।

बीबीसीका अनुसार क्युबानजिक रुसी युद्धपोतको आगमनलाई रुसको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।

युक्रेन युद्धका कारण पश्चिमी देश र रुसबीच तनाव बढेको छ।

अमेरिकी अधिकारीहरूले ती जहाजमा नजर राखेको बताएका छन्। तर, अमेरिकाले पनि यी जहाजले अमेरिकालाई तत्काल कुनै खतरा नरहेको बताएको छ।

क्यारेबियन देश क्युबा पुग्नुअघि यी जहाजहरूले एट्लान्टिक महासागरमा मिसाइल प्रहार गर्ने अभ्यास पनि गरेका थिए।

यी जहाजहरूमा एक फ्रिगेट र एक आणविक सञ्चालित पनडुब्बी पनि समावेश छन्।

क्युबा र रुसबीच बलियो द्विपक्षीय सम्बन्ध छ। यी जहाज आगामी पाँच दिनसम्म हवाना बन्दरगाहमा रहनेछन्।

यो बन्दरगाह फ्लोरिडाको अमेरिकी नौसेना एयर स्टेसनबाट मात्र १६० किलोमिटर टाढा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .