ad ad

ग्लोबल


उच्च अदालतले सुनाएन फैसला, केजरीवाल जेलमै

उच्च अदालतले सुनाएन फैसला, केजरीवाल जेलमै

नेपालखबर
असार ७, २०८१ शुक्रबार २०:५२, काठमाडौँ

दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २/३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ।

अदालतले यसअघि राउज एभिन्यु अदालतबाट केजरीवाललाई दिइएको जमानतमा रोक लगाएको थियो।

उच्च अदालतले भनेको छ, ‘त्यतिबेलासम्मका लागि जमानत आदेश स्थगन रहनेछ।’

यसको अर्थ ईडी याचिकामा उच्च अदालतको निर्णय नआउँदासम्म अरविन्द केजरीवाल जेलबाट रिहा हुने छैनन्।

उच्च अदालतले आगामी २-३ दिनमा ईडीको याचिकामा आफ्नो आदेश दिन सक्छ।

केजरीवाललाई मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले गत मार्चमा पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले केजरीवाललाई आम चुनाव प्रचारका लागि अन्तरिम जमानत दिएको थियो। जमानत अवधि जुन २ मा सकिएको थियो र त्यसपछि केजरीवाल फेरि तिहाड जेल फर्किएका हुन्। 

राउज एभिन्यु अदालतले बिहीबार साँझ केजरीवाललाई जमानत दिएको थियो, तर यसविरुद्ध ईडीले दिल्ली उच्च अदालतमा याचिका दायर गर्‍यो। 

यस याचिकामा शुक्रबार लामो सुनुवाइ भएको थियो तरर उच्च अदालतले आफ्नो फैसला सुनाएन। फैसला सुरक्षित राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .