ad ad

गण्डकी


फेवातालमा डुबेर एक जनाको मृत्यु

फेवातालमा डुबेर एक जनाको मृत्यु

फाइल फोटो


नेपालखबर
असार ७, २०८१ शुक्रबार २१:२१, काठमाडौँ

पोखराको फेवा तालमा डुबेर एक युवको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार साँझ ४ः५५ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

भण्डारी पोखरा महानगरपालिका ६ लेकसाइडको क्वीन पार्कमा काम गर्थे।

पोखरा महानगरपालिका वडा नं २२ चिसापानीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा स्थानीयले देखि उद्दार गरेर उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएका थिए।

तर ५ः२० बजे चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वशन्त कुमार शर्माले जानकारी दिए।

डीएसपी शर्माका अनुसार हल्लनचोकबाट प्रहरी टोली खटिई गई बुझ्दा अन्य ४ जना पनि उनीसँगै पौडी खेलेको तर उनीहरु भने सकुशल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .