ad ad

ग्लोबल


जुलिअन असान्ज प्रकरणमा अमेरिकाले आफ्नो अडान यसरी बदल्यो

जुलिअन असान्ज प्रकरणमा अमेरिकाले आफ्नो अडान यसरी बदल्यो

नेपालखबर
असार ११, २०८१ मंगलबार १२:५४, काठमाडौँ

जुलिअन असान्ज मुद्दा सुल्झाउन अमेरिकाको बाइडेन प्रशासन लामो समयदेखि दबाबमा थियो।

गत अप्रिलमै अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नजिकको सहयोगी देश अस्ट्रेलियाले जुलिअन असान्जको सुपुर्दगी मुद्दा र कानुनी मुद्दा अन्त्य गर्न अनुरोध गरेको बताएका थिए।

यो तीन वर्षअघि अमेरिकी न्याय विभागले सुपुर्दगी मुद्दा चलाउने निर्णय गरेको घटनाभन्दा पूरै फरक छ।

सन् २०१९ मा इक्वेडरको दूतावास छाडेपछि बेलायतमा जब जुलिअन असान्ज पक्राउ परे तब हिलारी क्लिन्टनलगायत धेरै डेमोक्र्याट नेताले भनेका थिए, ‘उन (असान्ज) ले आफूले गरेको कामको जवाफ दिनुपर्नेछ।’

जुलिअन असान्जलाई अमेरिकी पूर्व विदेशमन्त्री र अन्य धेरै नेताले २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्न रुससँग मिलेर काम गरेको आरोप लगाएका थिए।

तर डेमोक्रेटिक पार्टीभित्रका धेरै प्रगतिशील नेताले यसलाई फरक दृष्टिकोणबाट हेरेका थिए।

उनीहरूले भनेका थिए- अस्ट्रेलियाली नागरिकलाई मुद्दा चलाउनु भनेको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो, एक पत्रकारका रूपमा असान्ज यसका हकदार हुन्। 

अब यस मामिलामा अमेरिकाको यो कदम उसको प्रारम्भिक अडानभन्दा पूर्णतया विपरीत देखिन्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .