चुनावमा ऐतिहासिक हारपछि बेलायती प्रधानमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्। उनको राजीनामा राजले स्वीकृत गरेका छन्।
‘माननीय ऋषि सुनकले आज बिहान राजाको दर्शन गर्नुभयो र प्रधानमन्त्र पदबाट राजीनामा पेस गर्नुभयो। जसलाई सरकारले सहर्ष स्वीकार गर्नुभयो,’ दरबारले विज्ञप्ति जारी गर्दै भनेको छ।
लगत्तै विजेता दलका नेता सर किअर स्टारमर बकिङ्हम प्यालेस पुगेका छन्।
राजा चार्लसले उनलाई सरकार गठनको आमन्त्रण गनेृछन्।
बिहीबारको चुनावमा भारी बहुमत ल्याएपछि लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्री बन्ने पक्का भएको थियो।
बेलायतमा १४ वर्षपछि सत्ता लेबर पार्टीको हातमा आएको हो एजेन्सी
450
Shares
प्रतिक्रिया