ad ad

ग्लोबल


मोदीले पुटिनसँग अंकमाल गर्दा जेलेन्स्की आगो, भने– शान्ति प्रयासमा भयानक धक्का

मोदीले पुटिनसँग अंकमाल गर्दा जेलेन्स्की आगो, भने– शान्ति प्रयासमा भयानक धक्का

नेपालखबर
असार २५, २०८१ मंगलबार १७:३१,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणबाट युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की क्रुद्ध भएका छन्। 

सो भ्रमणलाई उनले ‘ठूलो निराशा र शान्ति प्रयासमाथिको भयानक धक्का’ भनेका छन्।

मोदीले दुई दिने रुस भ्रमणका क्रममा सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोबाहिरको नोभो–ओगार्योभोमा भेट गरेका थिए। 

दुई नेताले अंकमाल गरेको, चिया पिउँदै वार्ता गरेको, विद्युतीय सवारमा चढेको र घोडाको एउटा प्रस्तुति हेरेको तस्बिर सार्वजनिक भएका छन्। सोही दिन रुसी आक्रमणबाट युक्रेनमा ३९ जनाको ज्यान गएको थियो।

‘विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका नेताले त्यस्तो दिनमा मस्कोका अपराधीसँग अंकमाल गरेको देख्नु ठूलो निराशा र शान्ति प्रयासका लागि भयानक धक्का हो,’ जेलेन्स्कीले एक्समा लेखेका छन्।

मोदीले एक कार्यक्रममा रुससँगको सम्बन्धको प्रशंसा गरेका छन्। 

युक्रेन युद्ध सुरु भएपछि यो मोदीको पहिलो रुस भ्रमण हो। पश्चिमा मुलुकहरुले पुटिनको भर्त्सना गर्न दबाब दिए पनि मोदीले त्यसलाई अटेर गर्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .