ad ad

ग्लोबल


अम्बानी विवाह समारोहका लागि कार्दासियन दिदीबहिनी भारतमा

अम्बानी विवाह समारोहका लागि कार्दासियन दिदीबहिनी भारतमा

रासस/एएफपी
असार २९, २०८१ शनिबार ६:३४, मुम्बई

एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले आयोजना गरेको भव्य तीनदिने विवाह समारोहमा सहभागी हुन शुक्रबार देखिएका विश्वव्यापी सेलिब्रेटीहरूमध्ये सोसलाइट दिदीबहिनी किम र ख्लो कार्दासियन पनि थिए। 

अम्बानीका कान्छा छोरा अनन्त र उनकी २९ वर्षीया मङ्गेतर राधिका मर्चेन्टले महिनौँको पार्टीहरूपछि साताको अन्त्यमा वित्तीय राजधानी मुम्बईमा विवाह बन्धनमा बाँधिनुअघि वैवाहिक फजुल खर्चमा नयाँ मापदण्ड स्थापित गरेका छन्। 

यसअघिका समारोहहरूमा एक हजार दुई सय पाहुनाका लागि युरोपेली क्रुज, अम्बानी परिवारको पैतृक घरमा उद्देश्य–निर्मित हिन्दू मन्दिर र आर एन्ड बी स्टार रिहाना तथा क्यानाडाका जस्टिन बिबरको निजी प्रदर्शन सामेल थिए।

प्रसिद्ध विदेशी भिआईपीहरूमा कार्दासियनको उपस्थिति लामो पङ्क्तिमा सबैभन्दा नयाँ हो। दिदी किमले इन्स्टाग्राममा ‘स्टोरी’ साझा गरेकी छन्। यसमा उनको आगमनलगत्तै उनको कारलाई भारतीय फोटोग्राफरहरूले घेरेको र दुवै दिदीबहिनीले उनीहरूको लक्जरी होटलमा कर्मचारीहरूबाट फूलको माला प्राप्त गरिरहेको देखाइएको छ।

अम्बानी परिवारको समूहको स्वामित्व रहेको विशाल सम्मेलन केन्द्रमा अभिनेता जोन सेनालगायत सेलिब्रिटी पाहुनाहरूले कार्यक्रम स्थल पुगेपछि रेड कार्पेटमा क्यामेराका लागि पोज दिएका थिए। 

बेलायतका पूर्वप्रधानमन्त्रीद्वय बोरिस जोनसन र टोनी ब्लेयरलाई पनि शुक्रबार सुरु हुने पार्टीअघि मुम्बई विमानस्थलमा पत्रकारहरूले देखेका थिए। 

जुनमा दम्पती चारदिने भूमध्यसागरीय क्रुजमा निस्कँदा गायिका केटी पेरीले कान्सको फ्रान्सेली च्याटोमा मास्करेड बल प्रदर्शन गरेकी थिइन्। ब्याकस्ट्रिट ब्याइज, अमेरिकी र्‍यापर पिटबुल र इटालेली टेनर एन्ड्रिय बोसेलीले पनि मनोरञ्जन प्रदान गरेका थिए।

यसअघिका गालाहरूमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काका साथै भारतीय खेल तथा मनोरञ्जन जगत्का दिग्गजहरू पनि सहभागी थिए। 

यो साताको भव्य उत्सवहरूमा अझै धेरै सेलिब्रिटी, राजनीतिज्ञ र विश्वव्यापी व्यापारिक सभ्रान्तहरूले मनसुन प्रभावित मुम्बईको भ्रमण गर्दै छन्।

आयोजना स्थल वरपरका धेरै प्रमुख सडकहरूलाई अधिकारीहरूले अधिकांश सप्ताहन्तका लागि सर्वसाधारणका लागि बन्द गरेका छन्। 

शुक्रबार १६ हजार व्यक्ति अट्ने स्थलमा मुख्य औपचारिक समारोह  भएको छ। शनिबार छुट्टै ‘आशीर्वाद समारोह’ र आइतबार भव्य स्वागत समारोह हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .