गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
इजरायलले प्यालेस्टाइनी लडाकुविरुद्धको कारबाहीअघि गाजाका आवासीय क्षेत्र खाली गर्न आदेश दिएपछि सो घटना भएको बीबीसीले उल्लेख गरेको छ।
इजरायली सेनाले सोमबार बिहान खान युनिसको पूर्वी क्षेत्रबाट आतंकवादी गतिविधि र रकेट आक्रमण भएको बताएको थियो। उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल-मवासी आवासीय क्षेत्रमा जान भनिएको छ।
इजरायली सेनाले यसपछि उक्त क्षेत्रमा भारी बमबारी गरेको, जसका कारण आतंककारी र उनीहरूका पूर्वाधार ध्वस्त भएको बताएको छ ।
त्यहाँ सयौँ मानिस पैदलै र कारमा भागिरहेको देखियो।
यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्टले पाँच जनाको शव र ३३ जना घाइतेलाई अल अमल अस्पतालमा ल्याइएको जनाएको छ।
Shares
प्रतिक्रिया