ad ad

ग्लोबल


कमला ह्यारिसप्रति हिलारी क्लिन्टनको विश्वास, गरिन् प्रशंसा

कमला ह्यारिसप्रति हिलारी क्लिन्टनको विश्वास, गरिन् प्रशंसा

फाइल फाेटाे : कमला ह्यारिस र हिलारी क्लिन्टन


नेपालखबर
भदौ ४, २०८१ मंगलबार २१:१५, काठमाडौँ

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले डेमोक्र्याटिक पार्टीको महाधिवेशनमा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसको प्रशंसा गरेकी छन्।

उनले वर्तमान उपराष्ट्रपति ह्यारिसले अमेरिकामा महिलाका लागि ‘सबैभन्दा उच्च र कठिन अवरोध’ तोडेर देशको पहिलो महिला राष्ट्रपति बन्ने विश्वास व्यक्त गरिन्। 

हिलारी क्लिन्टनले सन् २०१६ मा राष्ट्रपतिको उम्मेदवारका रूपमा उम्मेदवारी दिँदा आफूले पनि त्यो सीमा तोडेको बताइन्।

उनले भनिन्, ‘एउटा महिलाका लागि अवरोध भत्किएपछि सबै महिलाका लागि बाटो खुला हुन्छ।’

हिलारी क्लिन्टन सन् २०१६ मा अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीबाट चुनाव लडेकी थिइन् तर रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग हारिन्। 

सिकागोमा आयोजित डेमोक्र्याटिक पार्टीको महाधिवेशनमा हिलारी क्लिन्टनले अब पार्टीले पहिलो महिलालाई ह्वाइट हाउसमा पठाउने कदम चालेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .