ad ad

राजनीति


मध्यरातमा दुई नेताले हस्ताक्षर गर्दैमा संविधान संशोधन हुँदैन : माधव नेपाल

मध्यरातमा दुई नेताले हस्ताक्षर गर्दैमा संविधान संशोधन हुँदैन : माधव नेपाल

नेपालखबर
भदौ ४, २०८१ मंगलबार २१:१८, काठमाडौँ

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमतिमा शंका गर्ने ठाउँ रहेको बताएका छन्।

कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो।

मंगलवार नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरूले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी समेत गरे।

अध्यक्ष नेपालले संविधान संशोधनका लागि खुला बहस गर्नुपर्ने आवश्यकता पनि औंल्याए। प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै त्यस्ता खालका गल्ति स्वीकार गरेर अघि बढ्नुपर्ने पनि नेपालले बताए।

उनले संविधानमा कतिपय विषय छलफल गर्नुपर्ने भएपनि त्यसलाई अचानक अघि बढाउने कुरा मान्य नहुने बताए।

उनले भने, ‘हाम्रो संविधानले केही दिएको छ, केही दिएको छैन। संविधान अवश्य पनि छलफलको विषय बन्छ। तर त्यो मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन। त्यो गर्नुपर्ने हो भने खुलस्त बहस गरौं। कहिल्यै बहसको कुरा नल्याउने, अचानक मध्य रातमा हस्ताक्षर। यसले नियतमाथि शंका खडा गर्ने कुरा स्वभाविक हुन्छ।’

अध्यक्ष नेपालले नेताहरूले आफूले गरेका गल्ती स्वीकार गरेर अघि बढ्दा मात्रै मुलुकको हित हुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .