ad ad

ग्लोबल


अमेरिकामा हराइरहेकी नेपाली नर्सका श्रीमान् प्रहरी नियन्त्रणमा, ममता अझै सम्पर्कविहीन

अमेरिकामा हराइरहेकी नेपाली नर्सका श्रीमान् प्रहरी नियन्त्रणमा, ममता अझै सम्पर्कविहीन

ममता काफ्ले भट्ट (उनकै फेसबुक)


नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १३:५९, काठमाडौँ

अमेरिकामा सम्पर्कविहीन नेपाली नर्स ममता काफ्ले भट्टका श्रीमान् नरेश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

अमेरिकी मिडियाहरुका अनुसार तीन हप्तादेखि उनी सम्पर्कविहीन छिन्। सोसँगै प्रहरीले श्रीमान भट्टलाई निवासबाट बिहीबार बिहान पक्राउ गरेको सीएनएनले जनाएको छ। 

श्रीमान भट्टविरुद्ध शरीर लुकाएको अपराधमा प्रहरीले अनुसन्धान अघि बढाएको मानासास पार्क प्रहरीले जनाएको छ। 

श्रीमती भट्टबारे अहिलेसम्म अत्तोपत्तो नलागेको र उनी सम्पर्कविहीन भएकोबारे अनुसन्धान अघि बढेको छ। 

यी दम्पतीका एक शिशु रहेकामा प्रहरीले घरबाट डिपार्टमेन्ट अफ सोसल सर्भिसेजले उपलब्ध गराएको केयरगिभरको रेखदेखमा राखिएको छ। 

बुधबार अनुसन्धानकर्मीहरुले उनीहरुको घरको खानतलासी लिएका थिए। तर यसबाट थप जानकारी उपलब्ध नगराए पनि त्यसपछि नरेशलाई नियन्त्रणमा लिइएको थियो। 

३ हप्ताअघि श्रीमतीसँगै खाना खाएको जानकारी नरेशले यसअघि प्रहरीलाई दिएका थिए। त्यसयता उनलाई नदेखेको र अनुसन्धानमा समेत सहयोग गरेका थिएनन्। योसँगै बुधबार दम्पतीको घरमा खोजी गरिएको थियो। 

ममता जुलाई २७ मा अन्तिमपटक यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टर मानासासमा देखिएको प्रहरीले जनाएको छ। अर्को दिन एक साथीसँग उनले कुराकानी गरेकी थिइन्। जुलाई ३१ मा नरेशले पछिल्लोपटक देखेका थिए। 

अगस्ट २ मा प्रहरीले दम्पतीको घरमा चेकजाँच गरी नरेशसँग कुराकानी गरेको थियो। नरेशले यसबारे थप थानकारी दिएका थिए। उनले त्यसबेला अनुसन्धानकर्तालाई भन्न उपयुक्त नठानेको बताएको प्रहरीले जनाएको छ। तीन दिनपछि उनले श्रीमती हराएको बताएका थिए भने अगस्ट १५ मा प्रेस विज्ञप्ति जारी गरेका थिए। 

ममताका सहकर्मीहरुले घरव्यवहारबारे बुझेका थिए। अगस्ट ५ देखि ८ सम्म अनुसन्धानकर्मीहरुले व्यापक खोजीकार्य गरेका थिए। सो क्रममा ममता र उनको परिवार, साथी, रोजगारदाता र सामाजिक सञ्जालमा सम्पर्क टुट्दै गएको पाइएको थियो। 

मानासास पार्क प्रहरीका प्रमुख मारियो लुगोले अनुसन्धान जारी रहेको र प्रहरीले यसलाई प्राथमिकतामा राखेको बताएका छन्। 

अनुसन्धानकर्मीहरुले १० सर्च वारेन्ट र सयौँ अन्तर्वार्ता लिइसकेको उनले बताएका छन्। प्रहरीले श्रीमान नरेशलाई नै केन्द्रमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ। 

गत हप्ता नरेशले एक मिडिया अन्तर्वार्तामा आफ्नो श्रीमती हराएको र यो पहिलोपटक नभएको बताएका थिए। यसअघि पनि ३ पटक उनी हराएको नरेशको दाबी छ। 

मानासासमा रहेका नेपाली अमेरिकन कम्युनिटी सेन्टरका अध्यक्ष मदन उप्रेतीले वुसा नामक एक अनलाइन मिडियासँग सेन्टरले प्रहरीसँग सञ्चारसम्पर्क स्थापना गरेको र हरेक दिन सरकारी अधिकारीसँग अनुसन्धानको अपडेट लिइरहेको बताएका छन्। 

उनका साथीहरुले पनि फेसबुकमा ग्रुप बनाएर खोजीकार्य गरिरहेको बताइएको छ। गोफन्डमि पेजबाट पनि उनको खोजीकार्य भइरहेको छ। सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .