ad ad

ग्लोबल


इजरायली आक्रमणले लेबनानमा के भयो? यसो भन्छन् लेबनानी स्वास्थ्य मन्त्रालय र सञ्चारमाध्यम

इजरायली आक्रमणले लेबनानमा के भयो? यसो भन्छन् लेबनानी स्वास्थ्य मन्त्रालय र सञ्चारमाध्यम

इजरायली लडाकु विमान


नेपालखबर
भदौ ९, २०८१ आइतबार १४:२३, काठमाडौँ

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको जनाएको छ। साथै दुई जना घाइते भएका छन्।

लेबनानको दक्षिणी सहर खियाममा कारमा आक्रमण हुँदा एक जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उसका अनुसार दक्षिणी लेबनानका सहरहरूमा आज बिहान इजरायली हमलामा दुई जना घाइते भएका छन्। तीमध्ये एक जना सिरियाली नागरिक छन्।

लेबनानको सरकारी समाचार एजेन्सी (एनएनए) ले इजरायली विमानहरूले आइन काना, काफ्र फिला, लुइजेह, बसालिया र काफ्र मेल्की र चकिफ क्यासल सहरहरूको बाहिरी भागमा आक्रमण गरेको जनाएको छ।

यसबाहेक इजरायलले वीर कलब क्षेत्रका साथै सज्जाद, काफ्र फिला र सार्बा सहरको बाहिरी भागलाई पनि निशाना बनाएको बताइएको छ।

उता इजरायलले भने लेबनानमा आधारित आतंकवादी समूह हिजबुल्लाहले आफूमाथि ठूलो मात्रामा आक्रमण गर्ने तयारी गरिरहेको बताएको छ। यसविरुद्ध आत्मरक्षामा आक्रमण गरिएको इजरायलको भनाइ छ।

हिजबुल्लाहले उत्तरी इजरायलका ११ सैन्य स्थललाई लक्ष्य गरी ३२० भन्दा बढी रकेट प्रहार गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .