ad ad

ग्लोबल


चीनको जासुसी विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको जापानको आरोप

चीनको जासुसी विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको जापानको आरोप

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ११, २०८१ मंगलबार १४:२, काठमाडौँ

जापानले चीनको जासुसी विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ।

चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलोपटक भएको बताइएको छ।

घटना स्थानीय समयअनुसार बिहान ११:२९ बजेको हो। चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रह्यो।

यसपछि जापानले आफ्ना लडाकु विमान तैनाथ गरेको थियो। कुरा डान्जो टापुको हो।

जापानका मुख्य क्याबिनेट सचिवले उल्लंघनलाई "पूर्ण रूपमा अस्वीकार्य" भन्दै घटनाको विरोध गर्न चिनियाँ दूतावासका एक अधिकारीलाई बोलाइएको बताएका छन्।

उक्त क्षेत्रमा चीनले अमेरिका र जापान लगायत उसका सहयोगीविरुद्ध आफ्नो प्रभाव बढाउन खोजिरहेको छ।

जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो। तर फ्लेयर गनजस्तो कुनै हतियार प्रयोग भएन।

जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ। साथै उसले आगामी दिनमा यस्तो नहोस् भनेर माग पनि गरिने बताएको छ। 

यस विषयमा अहिलेसम्म चीनबाट भने आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .