ad ad

ग्लोबल


अमेरिकाको मेरिल्यान्डमा अस्ताए चितवनका ४७ वर्षीय प्रधान

अमेरिकाको मेरिल्यान्डमा अस्ताए चितवनका ४७ वर्षीय प्रधान

नेपालखबर
भदौ १७, २०८१ सोमबार १४:३७, काठमाडौँ

अमेरिकाको मेरिल्यान्डमा एक नेपाली पुरुष मृत भेटिएका छन्। 

न्युज अनलाइन नेपयोर्कका अनुसार, अपर मार्लबोरोस्थित आफ्नै कोठामा ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत भेटिएका हुन्। 

उनी सन् २०१५ यता अमेरिका बस्दै आएको उक्त अनलाइनले उल्लेख गरेको छ। मृत्युको कारण भने खुलेको छैन। 

उनी चितवन भरतपुरका भएको बताइएको छ। केही वर्षअगाडि टेक्ससमा लुटेराको आक्रमणबाट बच्न सफल भएका थिए। सन् २०१९ मा उनी मस्तिष्कसम्बन्धी रोगबाट पीडित भएका थिए। ६ महिना उनले बेडरेस्ट गर्नुपरेको थियो। 

उक्त अनलाइनका अनुसार उनी चाँडै नेपाल आउने तयारीमा थए। प्रधानको शव नेपाल पठाउन गोफन्डमी अभियान सुरु गरिएको बताइएको छ। 

प्रधानका श्रीमति एक छोरा र एक छोरी छन्। उनीहरू सबै नेपालमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .