ad ad

ग्लोबल


लेबनानमा पेजर विस्फोट अपडेट: इरानी राजदूतसहित २८०० घाइते, अहिलेसम्म ९ जनाको मृत्यु

लेबनानमा पेजर विस्फोट अपडेट: इरानी राजदूतसहित २८०० घाइते, अहिलेसम्म ९ जनाको मृत्यु

नेपालखबर
असोज २, २०८१ बुधबार ८:४, काठमाडौँ

लेबनानमा मंगलबार सञ्चारका लागि प्रयोग गरिने पेजर मेसिनका माध्यमबाट गराइएको विस्फोटमा परी ९ जनाको मृत्यु भएको छ भने इरानका राजदूतसहित २ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।

लेबनानका स्वास्थ्य मन्त्रीले विस्फोटमा अहिलेसम्म एक बालिकासहित ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। 

लेबनानको राजधानी बेरुतलगायत अन्य धेरै ठाउँमा पनि विस्फोट भएको बताइएको छ। 

इरान समर्थित समूह हिजबुल्लाहले विस्फोट भएका पेजर आफ्नै भएको र घटनामा ८ लडाकु मारिएको बताएको छ।

इरानी राजदूतकी पत्नी मोजतबा अमानीले आफ्ना पतिलाई सामान्य चोट लागेको र हाल उनी अस्पतालमा रहेको बताएकी छन्।

समाचार एजेन्सी एएफपीका अनुसार हिजबुल्लाहका सांसद अली आमेर र उनका एक सदस्यकी १० वर्षीया छोरीको पनि विस्फोटमा मृत्यु भएको छ।

हिजबुल्लाहले यी विस्फोटमा इजरायललाई जिम्मेवार ठहर गर्दै यसको उचित जवाफ दिने बताएको छ। 

इजरायली सेनाले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

गत अक्टोबर ७ मा गाजामा इजरायल र हमासबीच युद्ध सुरुयता इजरायल र लेबनानबीचको सीमामा दिनहुँजसो गोली हानाहान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .