ad ad

समाज


कान्ति लोकपथमा पर्ने बागमतीको पुल बाढीले भत्कायो

कान्ति लोकपथमा पर्ने बागमतीको पुल बाढीले भत्कायो

बगुवामा बागमती नदीले भत्काएकाे पुल


नेपालखबर
असोज १२, २०८१ शनिबार ११:४३, हेटाैँडा

हेटौँडालाई राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको कान्तिलोकपथको बागमती नदीको पुल बाढीले भत्काएको छ। 

मकवानपुरस्थित भीमफेदी गाउँपालिका ८ बगुवामा पर्ने बागमती नदीको पक्की पुल बाढीले भत्काएको हो। बगुवा मकवानपुर र ललितपुरको सीमा क्षेत्रमा पर्छ। 

विगत दुई दिन देखिको अविरल वर्षाका कारण आएको बाढीले बागमती पुलमा क्षति पुर्याएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले नेपालखबरलाई जानकारी दिए। 

अध्यक्ष लामाका अनुसार तत्काल सामान्य क्षति पुर्याएपनि केहीबेरमा पुल बगाउनसक्ने सम्भावना बढेको छ। बागमती नदीमा पानीको बहाव बढ्दा पुलमाथिसम्म बाढी आएको अध्यक्ष लामाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .