ad ad

ग्लोबल


दक्षिणी लेबनानका २५ गाउँका बासिन्दालाई आफ्नो घर छाड्न इजरायलको उर्दी

दक्षिणी लेबनानका २५ गाउँका बासिन्दालाई आफ्नो घर छाड्न इजरायलको उर्दी

दक्षिणी लेबनानबाट शरणार्थीहरूलाई बेरुत लैजान आएको बस (फाइल फोटो)।


नेपालखबर
असोज १५, २०८१ मंगलबार १९:४०, काठमाडौँ

इजरायलले दक्षिणी लेबनानका केही भागका मानिसलाई आफ्नो घर खाली गर्न उर्दी जारी गरेको छ। 

सोसल मिडियामा पोस्ट गरी इजरायल रक्षा बलका प्रवक्ता अविचाइ एन्ड्रिले प्रभावित हुनसक्ने करिब २५ गाउँको सूची दिएका छन्। 

उनले इजरायली सेनाले उनीहरूलाई कुनै हानि गर्न नचाहेको उल्लेख गरेका छन्। 

उनले भनेका छन्, ‘हिजबुल्लाहले आफ्नो सैन्य आवश्यकताका लागि प्रयोग गरिरहेका कुनै पनि घर निशाना बन्न सक्छ।’ 

एन्ड्रीले मानिसहरूलाई तुरुन्तै अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका छन् उनले जनता दक्षिणतर्फ नजान सुझाव दिएका छन्।

उनले भनेका छन्, ‘हामी तपाईंलाई घर फर्कने सुरक्षित समयबारे जानकारी दिनेछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .