थाइल्यान्डमा मंगलबार स्कुल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ।
बाँकी बालबालिकाको उद्धार प्रयास भइरहेको छ। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।
तर, बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन्।
रोयटर्सका अनुसार दुर्घटना मंगलबार दिउँसो १२.३० बजे बैंककको खु खोत क्षेत्रमा भएको हो। बस स्कुलबाट फर्कंदै थियो।
बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए। उनीहरूसँगै ५ जना शिक्षक पनि थिए।
बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ।
192
Shares
प्रतिक्रिया