इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।
इजरायलका विदेशमन्त्री इजरायल काट्जले एक्समा पोस्ट गरी यो जानकारी दिएका हुन्।
उनले भनेका छन्- इजरायलमा इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न नसक्ने जो कोहीलाई पनि इजरायली भूमिमा पाइला राख्ने अधिकार छैन।
मंगलबार राति इरानले इजरायलमा झन्डै २०० मिसाइल प्रहार गरेको थियो।
402
Shares
प्रतिक्रिया