दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री निवास छाडेका छन्।
आम आदमी पार्टीको सोसल मिडिया प्लेटफर्म एक्स ह्यान्डलबाट उक्त जानकारी गराइएको हो।
एक्समा लेखिएको छ- केजरीवालजी मुख्यमन्त्रीको निवासबाट निस्किए। अब जबसम्म जनताले जनताको अदालतमा उनको इमान्दारिता पुष्टि गर्दै उनलाई पुन: मुख्यमन्त्री बनाउँदैनन् तबसम्म पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल मुख्यमन्त्री निवासमा बस्ने छैनन्।
दिल्लीको मदिरा नीतिमा घोटाला गरेको मुद्दामा जेलमा रहेका केजरीवालले धरौटीमा रिहा भएपछि यही असोज १ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
यसपछि असोज ५ गते आम आदमी पार्टीकी नेता आतिशीले दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ खाएकी थिइन्।
102
Shares
प्रतिक्रिया