ad ad

ग्लोबल


ट्रम्पले गोली हानिएकै ठाउँमा फेरि गरे चुनावी सभा, मस्कले पनि दिए साथ

ट्रम्पले गोली हानिएकै ठाउँमा फेरि गरे चुनावी सभा, मस्कले पनि दिए साथ

ट्रम्पको चुनावी कार्यक्रममा इलोन मस्क पनि सहभागी भए।


नेपालखबर
असोज २०, २०८१ आइतबार १०:२९, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शनिबार करिब ३ महिनाअघि आफूलाई गोली हानिएकै स्थान पेन्सिलभेनियाको बटलरमा चुनावी र्‍याली आयोजना गरेका छन्।

बीबीसीका अनुसार मञ्च उक्लिएपछि ट्रम्पले दुःखद घटना भएको स्थानका रूपमा उल्लेख गर्दै आफ्ना समर्थकसामु आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपति चुनावमा आफ्नो विजय हुने विश्वास व्यक्त गरे। 

जुन स्थानमा गत जुलाई १३ मा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला कसैले ट्रम्पलाई गोली हानेका थिए। तर गोली उनको दाहिने कान छेडेर बाहिरियो र उनी सामान्य घाइते मात्र भए। मञ्चभन्दा केही परबाट गोली चलाउने युवकलाई पनि ट्रम्पका सुक्षाकर्मीले तत्काल गोली हानेर मारेका थिए। 

त्यो दिनको घटना सम्झिँदै ट्रम्पले भने, ‘समय १५ सेकेन्डका लागि रोकिएको थियो। त्यो क्रूर राक्षसले अराजकतालाई बढावा दियो...तर त्यो खलनायक आफ्नो उद्देश्यमा सफल हुन सकेन।’

शनिबार भएको र्‍यालीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। 

सो र्‍यालीमा ट्रम्पसँग उनका उपराष्ट्रपति सहयोगी जेडी भान्स, छोरा एरिक ट्रम्प र अर्बपति इलोन मस्क पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .