म्युजिक भिडियोसहित गीत सुमिता स्वंयमको युट्युटब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो।
यो गीत एल्बम ‘सगुन’मा समावेश छ। झन्डै दुई दशकयता बेलायतमा बसोबास गर्दै आएकी राईको यो पहिलो म्युजिक भिडियो हो।
वाचा बन्धन बोलको यस गीतमा शब्द मुकेश राई तथा संगीत मान थुलुङ राईको रहेको छ।
हरि लम्सालले एरेन्ज गरेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छ्न्। अजय सिंह कार्की रेकर्डिस्ट रहेको उक्त भिडियोको निर्देशन र छायाँकन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ।
(भिडियो)
भिडियोमा सन्चारकर्मी विश्व लिम्बू, मलाईका बस्नेत, सुजाता थुलुङ लगायतको अभिनय रहेको छ।
थैली ईन्टरटेईमेन्टको व्यानरमा निर्माण भएको भिडियोमा खरुण राईको लगानी रहेको छ।
सानैबाट गीत संगीतमा रुचि भए पनि त्यसलाई साकार रुप दिन लामो समय लागेको गायिका राईले नेपालखबरलाई बताएकी छिन्। शिक्षण पेशा सङ्गसङ्गै सांगीतिक यात्रालाई समेत निरन्तरता दिने र थप म्युजिक भिडियो बनाउने राईको योजना छ।
प्रतिक्रिया