ad ad

ग्लोबल


भारतीय कंग्रेसको बैठक बस्दै, राहुल गान्धी बन्लान् विपक्षी दलको नेता?

भारतीय कंग्रेसको बैठक बस्दै, राहुल गान्धी बन्लान् विपक्षी दलको नेता?

नेपालखबर
जेठ २६, २०८१ शनिबार १२:४४, काठमाडौँ

भारतको विपक्षी दल कंग्रेसको विस्तारित कार्यसमितिको बैठक आज (शनिबार) बस्दै छ। यसमा २०२४ को लोकसभा चुनावको नतिजा र कांग्रेसको भावी रणनीतिबारे छलफल हुनेछ।

अहिले दिउँसो १ बजे सुरु हुने बैठकको अध्यक्षता पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गेले गर्नेछन्।

बैठकमा चुनावी नतिजाबारे छलफल हुने कांग्रेस वरिष्ठ नेता राजीव शुक्लाले बताए।

राहुल गान्धी संसद्‌मा विपक्षी दलको नेता बन्छन् भन्ने प्रश्नमा उनले भने, ‘यो राहुल गान्धीमा भर पर्छ। तर हामी उहाँलाई संसदमा यो पदमा राख्न चाहन्छौं। यो सरकार कमजोर छ। भाजपा सरकार गठबन्धन हो। भाजपाले स्पष्ट जनादेश पाएको छैन। यस्तो सरकारसँग धेरै किसिमका बाध्यता हुन्छन्। जनताले कडा प्रतिपक्ष दिएका छन्, जसले आफ्नो जिम्मेवारी वहन गर्नेछ।’ बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .