ad ad

ग्लोबल


भारतभरिमै सबैभन्दा बढी गर्मी दिल्लीमा, तापक्रम ५२ डिग्री सेल्सियस नाघ्यो

भारतभरिमै सबैभन्दा बढी गर्मी दिल्लीमा, तापक्रम ५२ डिग्री सेल्सियस नाघ्यो

नेपालखबर
जेठ १६, २०८१ बुधबार १९:२४, काठमाडौँ

बुधबार भारतमा सबैभन्दा बढी तापक्रम राजधानी दिल्लीमा देखिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको मंगेशपुरमा दिउँसो तापक्रम ५२ दशमलव ३ डिग्री सेल्सियस पुगेको हो।

दिल्लीमा वर्षा पनिसुरु भएको छ।

दिल्लीमा पानीको अभाव हुँदा केजरीवाल सरकारले पाइपले गाडी धुनेलाई २ हजार रुपैयाँ जरिवाना लगाउन निर्देशन दिएको छ। दुई सय जनाको टोलीले पानीको बर्बादीको अनुगमन गर्नेछ।

दिल्लीपछि राजस्थानको चुरु सहरमा ५० दशमलव ५ डिग्री सेल्सियसको तापक्रमका साथ देशको दोस्रो तातो सहर बनेको छ। राजस्थानमा २३ देखि २९ मेसम्म गर्मीका कारण ५५ जनाको मृत्यु भइसकेको छ। 

बिहारका धेरै जिल्लामा तापक्रम ४८ डिग्री सेल्सियसको नजिक पुगेको छ। चर्को गर्मीका कारण बुधबार ८ जिल्लाका ८० बालबालिका बेहोस भएका छन्। राज्यमा दुई दिनका लागि गर्मीको चेतावनी जारी गरिएको छ।

मौसम विभागले बुधबार देशका ७ राज्य र केन्द्र शासित प्रदेशहरू पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेशमा तातो लहरको रेड अलर्ट जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .