फ्रान्सको राजधानी पेरिसबाट ३०६ यात्रु बोकेर भारतको मुम्बई आउँदै गरेको भिस्टाराको विमानमा बमको धम्की आएको छ।
यो धम्कीलगत्तै विमान आउनुअघि मुम्बई एयरपोर्टमा आपत्काल घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्राप्त जानकारीअनुसार विमानको एयरसिकनेस झोलामा एउटा नोट फेला परेको थियो। जसमा बम विस्फोटको धम्की थियो।
यो विमान पेरिसको चार्ल्स डी गौले एयरपोर्टबाट उडेको थियो।
विमान आइतबार बिहान १०ः१९ मा मुम्बई विमानस्थलमा अवतरण गरेको बताइएको छ।
420
Shares
प्रतिक्रिया