कर्णाली


सुर्खेतमा ओढारमुनि भेटिए ५ थान भरुवा बन्दुक

सुर्खेतमा ओढारमुनि भेटिए ५ थान भरुवा बन्दुक

बरामद बन्दुक। तस्बिर : प्रहरी


नेपालखबर
फागुन ११, २०७९ बिहिबार ११:५, सुर्खेत

सुर्खेतको लेकबेँसी नगरपालिकाको खल्टाकुरा ओढारमा लुकाइराखेको अवस्थामा ५ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले ग्रामीण गस्ती गर्ने क्रममा ओढारमुनि बेवारिसे बन्दुक फेला पारेका हुन्। 

जंगलको ढुङ्गाको ओढारमुनि बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको ५ नाल भरुवा बन्दुकको खाली नाल फेला परेको र उक्त भरुवा बन्दुक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .