ad ad

कर्णाली


एमाले हुम्ला अध्यक्षमा केन्द्रीय सदस्य दल रावल पक्षको वर्चस्व, पदाधिकारीमा बुमी प्यानल विजयी

पदाधिकारीमा बुमी प्यानलै निर्वाचित
एमाले हुम्ला अध्यक्षमा केन्द्रीय सदस्य दल रावल पक्षको वर्चस्व, पदाधिकारीमा बुमी प्यानल विजयी

नेपालखबर
बैशाख ३, २०८१ सोमबार ८:१६, काठमाडौँ

नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा ज्ञामी बुमी विजयी भएका छन्। 

दसौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा डबल रावतलाई ५ मतले पछि पार्दै बुमी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। विजयी बुमीले १ सय २४ मत पाए भने रावतले एक सय १९ मत ल्याए।

त्यसो त पदाधिकारीमा बुमीको प्यानलै विजयी भएको हो। जसअनुसार उपाध्यक्षमा १ सय ६२ मतका साथ प्रकाशबहादुर शाही निर्वाचित भएका छन् भने सचिव पदमा तीर्थराज बोहरा १ सय ३९ मत ल्याएर निर्वाचित भएका छन्। 

खुला उपसचिवमा प्रदीप लामा १ सय ३३ मत र महिला उपसचिवमा मञ्जु रावल १ सय ३४ मतका साथ निर्वाचित भएका छन्।

एमाले स्थायी समितिका सदस्य गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल फडेरा गुटलाई केन्द्रीय सदस्य दल रावल पक्षधर प्यानलले पराजित गरेको हो।

दुवै पक्ष प्यानल नै घोषणा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। स अधिवेशनलाई हुम्लामा स्थानीय नेतृत्व चयनभन्दा पनि केन्द्रीय नेताहरूबीचको प्रभाव र लोकप्रियताको परीक्षाका रूपमा लिइएको थियो। त्यसमा केन्द्रीय सदस्य रावलले बाजी मारेका छन्। रावल खेमालाई अर्का केन्द्रीय सदस्य छक्कबहादुर लामाले पनि साथ दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .