कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनियताको शपथ लिएका छन्।
हुम्लाका परियारले बुधबार बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन्।
परियारलाई कर्णाली प्रदेश प्रमुख तिलक परियालले शपथ खुवाएका छन्।
मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन्।
गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता यामलाल कँडेलले १५ दिनपछि मन्त्रीपरिषदमा एक जना मात्रै मन्त्री थपेका छन्।
सत्ता साझेदार दल एमाले–माओवादीबीच मन्त्रालय भागबन्डा तथा मन्त्रीहरूको नाम टुंगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको थियो।
105
Shares
प्रतिक्रिया