ad ad

कर्णाली


कर्णाली प्रदेश सरकारले मनायो गणतन्त्र दिवस

कर्णाली प्रदेश सरकारले मनायो गणतन्त्र दिवस

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १२:२९, काठमाडौँ

कर्णाली प्रदेश सरकारले १७औँ गणतन्त्र दिवस मनाएको छ। कर्णाली सरकारले मंगलबार बिहान प्रभातफेरी हुँदै मुल समारोहको आयोजना गर्दै दिवस मनाएको हो। 

सुर्खेतको वीरेन्द्रनगर स्थित मंगलगढीचोकबाट प्रभातफेरी सुरू गरेर वीरेन्द्रचोक, घण्टाघर चोकहुँदै  जिल्ला समन्वय समितिको सभाहलमा मुल समारोह कार्यक्रम गरिएको हो। 

उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री,  मन्त्रीहरू, सांसदहरू, तीनै तहका सुरक्षा निकाया तथा कर्मचारीहरूको सहभागीता रहेको थियो। 

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनका रूपमा जेठ १५ गतेलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। 

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .