ad ad

कर्णाली


दुई दिनदेखि चर्चामा थिए थानी, अन्तिममा मन्त्री बने शाही

दुई दिनदेखि चर्चामा थिए थानी, अन्तिममा मन्त्री बने शाही

दिनेश बुढा
असार ३१, २०८१ सोमबार १६:३, सुर्खेत

नयाँ सत्ता समीकरणसँगै नेपाली कांग्रेसका नेता हृदयराम थानी मन्त्री बन्ने चर्चा थियो। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद थानी कर्णालीबाट मन्त्रीको लाइनमा थिए। तर, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा थानीको नाम अन्तिममा ‘आउट’ भएको छ।
 
कांग्रेसको संस्थापन पक्षबाट मुगुका ऐनबहादुर शाही मन्त्री बन्दा इतरपक्ष शेखर–गगन समूहका थानी मन्त्री बन्नबाट बञ्चित भएका छन्। ९ वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको नेपाली कांग्रेसमा ४ वटा मन्त्रालय शेखर–गगन समूहले मागेका थिए। तर इतर पक्षले ३ वटा मात्रै पायो। ४ वटा मन्त्रालय पाएको खण्डमा सुर्खेतका थानी मन्त्री बन्ने निश्चित बनेको थियो।

कर्णालीमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेता थानीबीच गुटगत राजनीति विगतदेखि चल्दै आएको छ। यी दुवै नेता सुर्खेत जिल्लाका हुन्।

कर्णालीबाट एक्लो मन्त्री ऐनबहादुर
नेपाली कांग्रेस र नेकपा एमाले गठबनधनको नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन्। उनी नेपाली कांग्रेसबाट पहिलो पटक मन्त्री बनेका हुन्। प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन्।

मन्त्री शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। उनी नेपाली कांग्रेसका जिल्ला सभापति पनि हुन्।

२०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका २ मा जन्मेका शाही २०४४-०४५ बाट नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए। बहुदलीय व्यवस्थाको स्थापनापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए। उनी दोस्रो पटक २०७८ मा पनि कांग्रेस मुगुको सभापति बनेका थिए।

२०७० मा पहिलो पटक संविधानसभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित हुन पुगेका थिए भने २०७९ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए।

यो पटक मतदाताले शाहीका निकटम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गराउँदै शाहीलाई विजयी गराएका थिए। झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .