ad ad

कर्णाली


भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १४:३९, सुर्खेत

भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ। प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो। 

कर्णाली प्रदेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो। 

उक्त सुचनाअनुसार गत बैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। 

भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहेछन्। 

साथै कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस बनाउने कार्यातालिका समेत सार्वजनिक गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .