ad ad

कर्णाली


हुम्लाको कुवाडी खोला थुनियो, सावधानी अपनाउन आग्रह

हुम्लाको कुवाडी खोला थुनियो, सावधानी अपनाउन आग्रह

खोला भएको स्थानको नक्सा


दिनेश बुढा
भदौ १४, २०८१ शुक्रबार १३:२२, सुर्खेत

हुम्लाको कुवाडी खोला थुनिएको छ। हुम्लाको ताँजाकोट गाउँपालिका र बाजुरको हिमाली गाउँपालिमा पर्ने उक्त खोला थुनिएको हो। 

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार शुक्रबार बिहान साढे १० बजेदेखि खोला थुनिएको हो। 

हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले केही घण्टा अघिदेखि कुवाडी खोला सुकेको खबर आएको जानकारी दिए।

उनले भने, ‘खोलाको मुहानतिर पहिरो गएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी त्यसतर्फ गइसकेको छ। हामीले खोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन भनिरहेका छौँ।’

बाजुराको हिमाली गाउँपालिका-२ मा रहेको राक्षस तालबाट आउने उक्त खोलामा पहिरो गएर खोला थुनिएको अनुमान गरिएको छ।

बाजुराको हिमाली गाउँपालिका-२ को रुमदीला बस्तिबाट आउने उक्त खोला ताजाकोट गाउँपालिका-२, मा एक्कासि सुकेपछि प्रहरी चौकी मैलाकुवाडी बाट प्रहरी सहायक निरिक्षक गोपालबहादुर वलीको कमान्डमा चार जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

स्थानीय प्रशासनले कुवाडी खोला र कर्णाली नदी आसपास क्षेत्रमा कुनै पनि समयमा पहिरोसहित पानीको बहाव बढ्न सक्ने भएको सावधानी अपनाउन आग्रह गरेको छ।

कर्णाली नदी आसपासमा बसोबास गर्ने र कामको सिलसिला नदी सतहमा नागरिकलाई हिमाली गाउँपालिकाले सतर्क रहन भनेको छ। 

यस्तै, जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रवीन्द्र खनालले खोला थुनिएको खबरपछि जोखिम क्षेत्रका बस्तीमा माइकिङ गरेर सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए। 

उनले भने, ‘बजाुराको हिमाली गाउँपालिका-२ का रहेका बस्तीहरुलाई सुरक्षीत स्थानमा पठाइसकेका छौँ। अन्य कुनै जोखिम छैन। उक्त खोला कर्णाली नदीमा आएर मिसिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .