कर्णाली


एमालेको अभियानले सुदूरपश्चिमको विकास र समृद्धि अध्ययन गरेको छ : पोखरेल

एमालेको अभियानले सुदूरपश्चिमको विकास र समृद्धि अध्ययन गरेको छ : पोखरेल

नेपालखबर
मंसिर १७, २०८० आइतबार १४:९, सुर्खेत

नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियालनले सुदूरपश्चिमको विकास र समृद्धीका बारेमा अध्ययन गर्ने काम गरेको बताएका छन्।

मध्यपहाडी लोकमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने कर्णाली पुलमा आयोजित मभियानको झण्डा हस्तान्तरण कार्यक्रममा महासचिव पोखरेलले विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम प्रदेशको समृद्धीका लागि राज्यले गर्नु पर्ने कामका बारेमा स्थलगत अध्ययन गर्ने काम गरेको उल्लेख गरेका छन्।

‘यहि मंसिर १४ गते बैतडीको झलाघाटमा पार्टी अध्यक्ष श्रद्धय केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर सुरु गर्नु भएको अभियानले बैतडी, डडेल्धुरा, डोटी, अछाम हुँदै कर्णाली आइपुगेको छ’, महासचिव पोखरेलले भने, ‘यसक्रममा हामीले सुदूरपश्चिमको विकास र समृद्धिाक सम्भावनाको खोजी गर्ने, हाम्रा (एमाले)का बारेमा जनस्तरमा छरेका भ्रमहरू चिर्ने, सुदूरपश्चिमका नागरिकसँग भलाकुसारी गर्ने काम गरेको छ।’

अभियान शुरु भएको पहिलो दिन वास बस्न डडेल्धुरा पुगेका पार्टी अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवालाई फोन गरेर जिल्लमा आएको जानकारी गराउँर्दै राजनीतिक संस्कार प्रस्तुत गरेको जानकारी महासचिव पोखरेलले गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .