ad ad

कोशी


ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

नेपालखबर
साउन १०, २०७९ मंगलबार ८:२८, सर्लाही

सर्लाहीको धनकौलमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। 

धनकौल गाउँपालिका २ स्थित नयाँरोड–मधुवनी सडक खण्डमा  ना.७ त १७३५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सर्लाहीको रामनगर गाउँपालिका ५ का २२ वर्षीय रमेशकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकल चलाएर मानपुरतर्फ जाँदै गर्दा उनलाई ट्याक्टरले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गएराति मेडिसिटी वयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .