धनकुटा महोत्सवमा अत्याधिक भीडभाडका कारण च्याप्पिएर एक दर्जनभन्दा बढी घाइते भएका छन्।
उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले जानकारी दिए।
गाकय प्रमोद खरेल उपस्थित उक्त कार्यक्रममा अत्याधिक भीड भएपछि उक्त घटना भएको जनाइएको छ।
उनीहरुको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरान ल्याइएको हो।धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्याधिक भीड लागेको थियो।
यसैबीच पूर्व प्रदेश सांसद कुशुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएका हुन्।
घाइतेमध्ये कतिपयलाई धरानस्थित विपी कोइराला प्रतिष्ठानमा उपचारका लागि लगिएको र कतिपयलाई धनकुटा अस्पतालमै उपचार भइरहेको छ । मेला गत माघ ६ गते उद्घाटन भएको थियो।
उक्त मेला १६ गतेसम्म संचालन गर्ने तयारी थियो। आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ।
प्रतिक्रिया