कोशी


चारो खोज्दै विराटनगरको रानी क्षेत्रमा भूँडीफोर गरूड (तस्वीरहरू)

चारो खोज्दै विराटनगरको रानी क्षेत्रमा भूँडीफोर गरूड (तस्वीरहरू)

ध्रुव भट्टराई
बैशाख ४, २०८० सोमबार २१:४४, विराटनगर

विराटनगरको रानी क्षेत्रमा सरकारले संरक्षित सूचीमा राखेको पंक्षी भूँडीफोर गरूड देखा परेको छ। चारो खाेज्दै रानी क्षेत्रमा देखा परेका यी चरा पछिल्लो समय घट्दै गएका छन्।

सिमसार क्षेत्र घट्दै गएपछि यो चराहरू पनि घट्न थालेका हुन्। 

एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको भूँडीफोर गरूड सालैपिच्छे घट्नुमा बासस्थान कारण मुख्य हो। 

स्थानीयका अनुसार पहिला भूँडीफोर गरूड एकै ठाउँमा १५ देखि २० को सङ्ख्यामा देखिन्थे। यो संख्यामा अहिले कमी आएको छ।

यो गरुड परिवार अन्तर्गतको प्रजाति चरा हो। यसका खुट्टा, घाँटी अग्ला र चुच्चो लामो हुन्छ। यसले सर्प, माछा र पानीकीरालाई आहारा बनाउँछ। सिमसारको घट्दो संख्या र जलवायु परिवर्तनको कारण यो विस्तारै संकटमा परेको प्रजाति हो।

यसको वैज्ञानिक नाम ‘लेप्टोप्टिलस जेभिनकस' हो। पंक्षीविद् हेमसागर बराल भूँडीफोर गरूड विश्वमै दुर्लभ हुने र पूर्वी नेपाल यसको बासस्थानका लागि महत्वपूर्ण क्षेत्र रहेको बताउँछन्।

यसले सिमल र करमका अग्लो रुखमा गुँड लगाउँछ। यो प्रजाति वर्षैभरि चिस्यान रहने सिमसार खुल्ला क्षेत्र तथा वन क्षेत्रहरू आसपास पाइन्छ।

नेपालसँगै भूँडीफोर गरूड भारत, बंगलादेश, म्यानमार, थाइल्याण्डलगायत दक्षिण एसियामा पाइन्छ। नेपालमा ५ सयदेखि १ हजारसम्म मात्रै भूँडीफोर गरूड चरा भएको अनुमान गरिएको छ।

यो चरा ८७ देखि ९३ सेन्टिमिटर (३४ देखि ३७ इन्च) लम्बाई, तौल ४ देखि ५.७१ किलोग्राम (८.८ देखि १२.६ पाउण्ड) तथा उभिँदा (१० देखि १२) सेन्टिमिटर (४३ देखि ४७ इन्च) अग्लो हुन्छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .