जीवनशैली


हिउँले खायो दियाको अनुहार, भन्छिन्– मेरो आँखामा हेर्नुस्, आनन्द आउँछ

हिउँले खायो दियाको अनुहार, भन्छिन्– मेरो आँखामा हेर्नुस्, आनन्द आउँछ

नेपालखबर
असार १०, २०७९ शुक्रबार ८:२९, काठमाडौँ

अभिनेत्री दिया पुनले गत जेठमा सगरमाथा आरोहण गरिन्। सगरमाथा आरोहणका क्रममा आफ्नो अनुहारमा परेको असर भने दियाले बिहीबार मात्रै सार्वजनिक गरिन्।

हिउँले खाएको अनुहारको तस्बिर पोस्ट गर्दै दियाले आफ्नो आँखा हेर्न आग्रह गरेकी छिन्। उनी लेख्छिन्, ‘मेरो अनुहारमा हेर्नुहोस् आनन्द आउँछ।’

अक्सर अभिनेत्री आफ्नो अनुहारको चार्म बिगार्न चाहँदैनन्। दियाले भने अभिनेत्रीप्रति बनेको त्यो धारणालाई तोडेकी छन्।  यो उनका लागि ‘बोल्ड’ डिसिजन थियो। 

दिया नयाँ फिल्म ‘अन्तिम संस्कार’को छायांकनमा जाने तयारी गरिरहेकी छिन्। यो फिल्म छायांकनमा निस्कनुअघि उनले आफ्नो अनुहारको पुरानो काया फर्काउनुपर्ने छ। उनका लागि यो निकै चुनौतीपूर्ण कुरा हो। 

उनी भन्छिन् ‘अब हिउँले खाएको अनुहारलाई पुरानै रुपमा फर्काउने प्रयास गरिरहेकी छु।’

हिउँले खाएको तस्बिर सार्वजनिक गर्दै दियाले लेखेकी छिन् ‘निन्द्रा, पानी, आँधी र घाममा खुलेपछि आँखा राता भएका छन्। छाला राता र सुख्खा भएका छन्। क्याम्प २ भन्दामाथि लागेपछि आँखा र छालालाई जोगाउन भरपुर प्रयास गरें। मैले अन्तिम पटक कहिले नुहाएकी थिएँ, गन्नै बिर्सिएँ। यी सबै कठिनाइको बाबजुद पनि तपाईंले जब मेरो आँखामा हेर्नुहुन्छ, म हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .