जीवनशैली


जाडोमा नियमित सुन्तला खाँदा के हुन्छ?

जाडोमा नियमित सुन्तला खाँदा के हुन्छ?

नेपालखबर
मंसिर ११, २०८० सोमबार १८:३७, काठमाडौँ

हिउँदका चिसा र छोटा दिन सुरु भएका छन्। रसिलो फल सुन्तलाको सिजन पनि सुरु भएको छ। हिउँदमा स्वास्थ्यको रेखदेख गर्नु चुनौतीपूर्ण मानिन्छ।

यसमा मौसमी फल सुन्तलाले ठूलो सहयोग पुर्‍याउने पोषणविद्हरूको भनाइ छ।

हरेक दिन एउटा सुन्तला खानुको फाइदा तपाईंलाई थाहा छ त?

हरेक दिन सुन्तला खाँदा हाम्रो शरीरलाई चाहिने भिटामिन सी प्राप्त हुनुका साथै यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। जसरी सर्दी र रुघामर्कीजस्ता समस्याबाट जोगाउन भूमिका खेल्छ।

सुन्तलामा एन्टिअक्सिडेन्ट, फाइबरका साथै अनेक भिटामिन र खनिज हुन्छ। जसले समग्र स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ।

त्यस्तै, नियमित सुन्तला खाँदा पानीको कमी पूरा हुनुका साथै छालाको स्वास्थ्यमा पनि फाइदा पुग्छ।

यसका अलावा सुन्तलामा हुने फाइबरले रगतमा चिनीको मात्रा ठिक राख्न पनि मद्दत गर्छ। त्यसैले मधुमेहका बिरामीले पनि सुन्तला खानु फाइदाजनक छ।

के सुन्तलाका बेफाइदा पनि छन् त?

सामान्यतः सुन्तला सेवन राम्रो भए पनि अत्यधिक खाँदा यसमा भएको फाइबरले पाचन प्रक्रियामा गडबडी गर्न सक्छ।

त्यस्तै, यसमा पोटासियम हुनाले मिर्गौला रोगीहरूले धेरै सुन्तला खानु हुँदैन। 

अत्यधिक सुन्तला सेवनले कसैकसैको दाँतमा समस्या ल्याउन सक्छ। त्यस्तो समस्या आए चिकित्सकको सल्लाह लिनुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .