ad ad

साहित्य


रंगकर्मी खतिवडाको कथा संग्रह अकथ्य विमोचित

रंगकर्मी खतिवडाको कथा संग्रह अकथ्य विमोचित

नेपालखबर
फागुन १९, २०८० शनिबार १९:४२, काठमाडौँ

रंगकर्मी प्रवीण खतिवडाको पहिलो कथा सङ्ग्रह अकथ्यको आज विमोचन गरिएको छ।

विश्लेषक सिके लाल, साहित्यकार एवम् कलाकार सगुना शाह, कलाकार सौगात मल्ल र लेखक खतिवडाले एक समारोहकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तकको लोकार्पण गरेका थिए। खतिवडाको कथा सङ्ग्रहमा नौ वटा कथा समेटिएका छन्।

पुस्तक विमोचन गर्दै विश्लेषक सिके लालले खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र ति कथा पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गरे। 

‘केन्द्रीय पात्रहरुलाई स्थापित गरेर नाटक र सिनेमाको उतारचढावयुक्त संरचनामा लेखिएका कथाहरु पुस्तकमा छन्,’ विश्लृेषक लालले भने, ‘सायद त्यहि भएर कथाहरुमा सहायक पात्र गौण छन्।’ 

यसैगरी साहित्यकार एवम् कलाकार सगुना शाहले प्रवीणका कथाहरु गम्भिर र गहन भएको टिप्पणी गरे।

कलाकार सौगात मल्लले खतिवडासँग रंगमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुने गरेको चर्चा गरे।

‘कथा लेख्ने, सृजनात्मक लेखन गर्ने कुरा त हामीबीच हुन्थ्यो। म लेख्ने काममा अलमल गरिरहेको थिएँ,’ मल्लले भने, ‘तर मेरो भाइले मलाई सृजनात्मक लेखनमा उछिन्यो।’

लेखक खतिवडा नेपाली रंगमञ्चका व्यस्त कलाकार र निर्देशक हुन्।

अभि सुवेदीद्वारा लिखित तथा सुनील पोखरेलद्वारा निर्देशित आरोहण गुरुकुलको चर्चित नाटक अग्निको कथा (२०६०)बाट उनले रङ्गमञ्चको अभिनय यात्रा अघि बढाएका थिए।

त्यसयता उनले रशोमन, माक्र्स फर्किए, न्यायप्रेमी, घनचक्कर, पानी फोटो, बाघ भैरव जस्ता तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। 

त्यस्तै ध्रुव, महादेवको बाजी, लखन पटवारी, हेड्डा ग्याब्लर, ऊ कसको, सरजमिन, मिमांशा, माक्र्स फर्किए, विमोक्ष आदि नाटकको निर्देशनसमेत गरिसकेका छन्।

खतिवडाले नेपाली चलचित्रमा समेत अभिनय गर्दै आएका छन्। लुटबाट चलचित्र अभिनय यात्रा थालेका खतिवडाले लटु २, ढुवानी, विना कारण, कालो पोथी, जात्रा, रंगेली, महाजात्रा, मनसरा, उमा, द स्पोन्सर, मिस्टर झोले, खाग आदि चलचित्रहरूमा अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .