ad ad

लुम्बिनी


रोल्पामा जिप दुर्घटना हुँदा दाजुभाइसहित तीन जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा दाजुभाइसहित तीन जनाको मृत्यु

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार १९:१६, काठमाडौँ

रोल्पामा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी दाजुभाइसहित तीन जनाको मृत्यु भएको हो। 

दुर्घटनामा घोराही उपमहानगरपालिकाका ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँका ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङका ५० वर्षीया फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। 

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नंको जिप दुर्घटना भएको हो। जिप सडकबाट करिब एक सय मिटर तल खसेको हो। जिपमा १५ जना सवार रहेको प्रहरीले बताएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर छ।

घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यलय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जनकारी दिए। जिपको अचानक ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .