ad ad

लुम्बिनी


कमल भुसाल उम्मेदवार बन्न पाएनन्, सर्वोच्चद्वारा रिट खारेज

कमल भुसाल उम्मेदवार बन्न पाएनन्, सर्वोच्चद्वारा रिट खारेज

सुदीप भण्डारी
कात्तिक १५, २०७९ मंगलबार १९:२८, बुटवल

रुपन्देही क्षेत्र नम्बर २ मा मनोनयन दर्ता गराएका कमल भुसाल निकोलस उम्मेदवार बन्न नपाउने भएका छन्।

उम्मेदवारी खारेज विरुद्ध हाम्रो नेपाली पार्टीका भुसालले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजालसले मंगलबार रिट खारेजको फैसला सुनाएको हो।

रिट खारेज भएसँगै निर्वाचन अधिकृतको कार्यालयले गरेको भुसालको उम्मेदवारी खारेजी पनि सदर भएको छ।

गत असोज २३ गते भुसालले हाम्रो नेपाली पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए।

सरकारी छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट आर्थिक लाभ लिएको ठहरिने भन्दै निर्वाचन अधिकृतको कार्यालयले असोज २५ गते उनको उम्मेदवारी खारेज गरेको थियो।

उम्मेदवारी खारेजीविरुद्ध उनी सर्वोच्च गएका थिए। यसअघि रुपन्देही २ कै गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको पनि उम्मेदवारी खारेज भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .