ad ad

लुम्बिनी


प्युठानमा मध्यराति जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ घाइते

प्युठानमा मध्यराति जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ घाइते

तस्बिर : सामाजिक सञ्जालबाट।


सुदीप भण्डारी
कात्तिक २३, २०७९ बुधबार ७:३०, बुटवल

प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको हो।

दुर्घटनामा परी प्युठान नगरपालिका –५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती ४३ वर्षिय बच्ची थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिए।

दुर्घटनामा १२ जना घाइते भएका छन्।

गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ बाँकी ६ जना जनाको बिजुवार अस्पतालमै उपचार भइरहेको छ।

जिप सडकबाट करिब १५० मिटर तल खसेको छ। रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन्।

घटनास्थलमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतले उद्धार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .