लुम्बिनी


परीक्षा दिन जान लागेका विद्यार्थी चढेको जिप दुर्घटना, १२ जना घाइते

परीक्षा दिन जान लागेका विद्यार्थी चढेको जिप दुर्घटना, १२ जना घाइते

सुदीप भण्डारी
बैशाख २४, २०८० आइतबार १५:६, रुपन्देही

रुकुम पुर्वमा जिप दुर्घटना हुँदा परीक्षा दिन जाँदै गरेका विद्यार्थीहरू घाइते भएका छन्। 

भुमे गाउँपालिकाको चुन्वाङ्गबाट रुकुमकोट जाँदै गरेको लु १ ज ३५०३ नम्बरको जिप सिमखोलामा दुर्घटना भएको हो। सो दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

तीमध्ये ३ जनााको अवस्था गम्भिर रहेको र अन्यको सामान्य रहेको रुकुम पुर्वकी प्रहरी प्रमुख  डीएसपी अन्जना श्रेष्ठले जानकारी दिइन्। 

आगामी मंगलबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै थियो। जुन परीक्षामा सहभागी हुन उनीहरू रुकुमकोट जाँदै थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .