ad ad

लुम्बिनी


लुम्बिनीमा राप्रपाका निरञ्जन थापाले फिर्ता लिए उम्मेदवारी

लुम्बिनीमा राप्रपाका निरञ्जन थापाले फिर्ता लिए उम्मेदवारी

नेपालखबर
पुस २७, २०८० शुक्रबार १६:१४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका निरञ्जनकुमार थापाले राष्ट्रिय सभा सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

उनले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी शुक्रबार फिर्ता लिएका हुन्।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ। थापाले उम्मेदवारी फिर्ता लिएपछि लुम्बिनीका दुई सिटमा ६ जना प्रतिस्पर्धी कायम भएका छन्। 

महिला कोटामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस गुल्मीकी विष्णुकुमारी सापकोटा, नेकपा एमाले दाङकी तुलसाकुमारी केसी र राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुकी विजयालक्ष्मी सिंहको उम्मेदवारी कायम भएको छ।

अन्यतर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्र रोल्पाका झक्कुप्रसाद सुवेदी, एमालेबाट पाल्पाका झपेन्द्रबहादुर घर्ती  र जनमत पार्टीबाट नवलपरासी पश्चिमका बालगोविन्द चौधरीको उम्मेदवारी कायम भएको छ।

लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीको कार्यकाल फागुनमा सकिँदैछ। लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्। १०९ स्थानीय तहका दुई सय १८ प्रमुख/उपप्रमुखले मतदान गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .