बर्दियाको गुलरिया नगरपालिका-१० लटकनियाघाटस्थित भादा नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
सोमबार बिहान साढे ११ बजेतिर नदीमा एक महिला डुबेको जानकारी प्राप्त भएको छ।
महिला डुबेको खबरपछि प्रहरी टोली तत्काल उद्दारको लागि खटिएको थियो।
नदीमा ५० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
मृतक महिला भारतको निशानगाडाकी रहेको खुलेको छ। उनको मानसिक सन्तुलन ठिक नरहेको प्रारम्भिक जानकारी आएको छ।
उनका ४ जना छोरा छन्। थप विवरण बुझ्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
48
Shares
प्रतिक्रिया